हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.