३१ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुल्मी- गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झविन्द्र मरासिनीको मृत्यु भएको छ।
जिल्लाको रेसुंगा नगरपालिका–९ उपल्लो तम्घासका ६० वर्षीय झविन्द्रप्रसाद मरासिनी वडा नं ७ साखिनेडाँडामा अचेत फेला परेका थिए। उपचारका लागि मरासिनीलाई जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
उनको शव बुधबार गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको पाण्डेले बताए। मरासिनीका दुई श्रीमती रहेको र केही दिनदेखि घरमा एक्लै रहेको स्थानीयले जनाएका छन्।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
भिरबाट लडेर एक महिलाको मृत्यु
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार