३ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत पूर्वी नेपालमा शनिबार रातीको बाढीबाट ब्यापक क्षति भएको खबरसँगै बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।
उहाँले सर्वसाधारणलाई पनि आ–आफ्नो ठाउँबाट सहयोगका लागि अनुरोध गर्नुभएको छ ।
बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार
हेवाखोलाको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुल्यो
- बि.एम.एन. न्यूज
- ३ असार २०८०, आइतबार