काठमाडौं- साताको पहिलो कारोबारका दिन सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम साढे ६ अर्ब पुगेको यस दिन बजार ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा उक्लियो । यो ३.०३ प्रतिशतको वृद्धि हो ।
आइतबार सबै उपसूचकमा लगानीकर्ताको उत्साह देखियो । जसमध्ये सबैभन्दा धेरै जीवन बीमा कम्पनीको (७.७९ प्रतिशत) वृद्धि देखियो । आइतबार २२ वटा धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ ।
कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । जसबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।
आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालय लाइफ इन्स्यारेन्स, एनएमबी ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त संस्थासहितका कम्पनीको कारोबार सकारात्मक सर्किट लेवलमा भएको हो ।
बढ्दो बजारमा पनि शुभम् पावर, एनआईबीएल ग्रोथ फण्ड, पाँचथर पावर, तेह्रथुम पावरसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । आइतबार शिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्टिलरीसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १० असार २०८०, आइतबार