२१ असार २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- १५ वर्षीया किशोरी बलात्कार प्रकरणमा काठमाडौँ ठमेलस्थित विश्व चर्चित नाइट क्लब एलओडीका संचालक रुदिल बल्लव श्रेष्ठ र राजु सिंह सुवालविरुद्ध अदालतबाट अनुमति लिई पक्राउ पुर्जी जारी भएको छ।
उक्त क्लबमा पुगेकी किशोरीलाई पोखराका ५० वर्षीय सुदन कोईरालाले लिएर गएर आफ्नो अफिस ललितपुरस्थित लगेर बलात्कार गरेको जाहेरी परेको हो। सुदन कोईराला पहिल्यै पक्राउ परिसकेका छन्।
कानुन बमोजिम १८ वर्ष मुनिको युवतीसंग सहमतिमा करणी गरेपनि बलात्कार गरेको मानिन्छ। १८ वर्ष नपुगेकी युवती कसरी नाईट क्लबमा प्रवेश पाईन् ? यसमा अनुसंधान हुदैछ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?