२४ असार २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो ।
हिजो दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।
नागेन्द्रको दुई जना मात्र सन्तान थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?