२५ असार २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना विमानस्थलबाटै रोकिएका छन् । कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको हो ।
जोर्डन जान लागेकामा एक जना पुरुष र १४ जना महिला रहेका छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई हिजो अध्यागमन विभागबाट खटिएका कर्मचारीले रोकेका जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ।’ उहाँका अनुसार आधिकारिकरूपमा उनीहरुको श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागले जनाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?