काठमाण्डौ- फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराएको छ ।
आज शुक्रवार न्युजिल्यान्डको फरसिथ बार स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २–० गोलले हरायो । स्विट्जरल्यान्डका लागि खेलको ४५ औँ मिनेटमा रोमानो बाचमानले पेनाल्टीमार्फत गोल गरिन् । यस्तै खेलको ६४ औँ मिनेटमा सेरिना सेभेरिन पिउबेलले ६४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले ३ अङ्क जोडेको छ ।
यसअघि आजै भएको अर्को खेलमा समूह ‘बी’ नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् । यस्तै अहिले समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच खेल भइरहेको छ ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.