९ साउन २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन- नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनका लागि छुटेको रा १८ ख २२३६ नम्बरको बस र नारायणगढ आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा ठोक्किएका हुन् ।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको पण्डितले बताउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार