काठमाण्डौ- लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ७१ अङ्कले घटेर दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा झरेको छ।
आज सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे आठ प्रतिशत तथा माइखोला हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे हुँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको शेयर साढे सात प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।
बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ। आज ६२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.