१३ साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ । बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको थियो । त्यसपछि केहीबेर सञ्चालन भएर बन्द भएको सडक केहीबेर अघि दुईतर्फी खुलेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार