बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ ।
स्थानीय खोला र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ७ र ८ मा पर्ने विभिन्न गाउँका ६० वटाभन्दा बढी घर डुबानमा परेका हुन् ।
नगरपालिकाको वडा नम्बर २ मा पर्ने आम्बासा गाउँका ३५ वटाभन्दा बढी घर डुबानमा परेका वडा नम्बर २ का वडाअध्यक्ष कमल चपाईँले बताउनुभयो ।
यस्तै, वडा नम्बर ७ को कर्मेला टोल र ८ भुडकैया कालीगौडी आसपासका टोलका केही घर डुबानमा परेका नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाबाट मेयर तिलकराम लम्साल, उपमेयर विनाकुमारी भट्टराईसहित वडाअध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवी र स्थानीयबासिन्दाहरु डुबानमा परेकाहरुको उद्धारमा खटिएका छन् । डुबानमा परेकाहरुलाई रोबर बोटको सहायतामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ ।
यस्तै, गएरातिदेखिको अविरल वर्षाले बबई नदीमा पानीको सतहले खतरा तह पार गरेकाले दिउँसो २ बजेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
वर्षाका कारण कैलालीमा ५ सय घर डुबानमा
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार