२७ साउन २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एर्लिङ हालान्डको दुई गोलमा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।
शुक्रबार राति भएको खेलमा च्यामपियन सिटीले च्याम्पियनसिपको विजेता बनेर प्रिमियर लिगमा बढुवा भएको बर्नलीलाई ३-० ले हरायो ।
बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा हालान्डले खेलको चौथो मिनेटमै रोड्रीको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै हालान्डले ३६औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
सिटीका लागि तेस्रो गोल ७५औं मिनेटमा रोड्रीले गरे ।बर्नलीका अनास जाराउरीले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?