काठमाडौं- नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसीले डुरान्ड कपको दोस्रो खेलमा आज आइएसएल क्लब चेन्नाइयीनसँग खेल्दैछ ।
खेल गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा हुनेछ । समूह ई अन्तर्गत पहिलो खेलमा आर्मीले अन्तिम समयमा अग्रता जोगाउन नसक्दा दिल्ली एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
चेन्नाइयीनले भने पहिलो खेलमा आइएसएलकै हैदरवादलाई ३-१ ले पराजित गरेको थियो ।
चेन्नाइयीन ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
दुई खेल बराबरी खेलेको दिल्ली २ अंकसहित दोस्रोमा छ ।
आर्मी १ अंकसहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा आर्मी शीर्ष स्थानमा उक्लने छ ।
एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपको यो १३२औं संस्करण हो र आर्मीले पहिलो पटक यस प्रतियोगिता खेलिरहेको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.