काठमाडौं- लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ ।
चेल्सीले २१ वर्षीय इक्वेडेरियन खेलाडी काइसेडोलाई ११ करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्न लागेको हो ।
केही दिनअघि मात्रै काइसेडो लिभरपुल जाने लगभग पक्का भएको थियो ।
लिभरपुल र ब्राइटनबीच काइसेडो अनुबन्धका लागि ११ करोड १० लाख पाउण्डमा सहमति भएको थियो । तर काइसेडोले लिभरपुल भन्दा चेल्सी नै रोजेपछि ट्वीस्ट आएको हो ।
यो अनुबन्धपछि चेल्सीले २०२३ मै दोस्रो पटक बेलायती ट्रान्सफरको कीर्तिमान तोड्नेछ ।
यसअघि जनवरीमा चेल्सीले एन्जो फर्नान्डेजलाई १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।
लुटन विरुद्धको सिजनको पहिलो खेलमा काइसेडो ब्राइटनको टिममा समावेश थिएनन् । उनको अब मेडिकल हुन बाँकी छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.