२९ साउन २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- भारतमा भइरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब चेन्नईयन फुटबल क्लबसँग पराजित भएको छ ।
आज सोमवार इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा भएको खेलमा त्रिभुवन आर्मी चेन्नईयनसँग ३–० गोलले पराजित भयो । चेन्नईयनका लागि फरुख चौधरीले २२ औँ, रहिम अलीले ४० औँ र रफेल क्रिभेलारोले ८४ औँ मिनेटमा गोल गरे ।
अब त्रिभुवन आर्मीले अन्तिम खेलमा अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ । यसअघि अगस्ट ९ मा भएको खेलमा आर्मीले दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो ।
हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?