३१ साउन २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- इङ्लिस क्लब चेल्सी बेल्जियन मिडफिल्डर रोमियो लाभियालाई भित्राउन तयार देखिएको छ । चेल्सीले रोमियोका लागि ५८ लाख पाउन्ड खर्चन लागेको हो । रोमियो हाल साउदएम्पटनबाट व्यवसायीक फुटबल खेल्छन् ।
१९ वर्षीय मिडफिल्डलाई भित्राउन इङ्ल्यान्डका दुई प्रभावशाली क्लब चेल्सी र लिभरपुलबीच चर्को प्रतिस्पर्धा चलेको थियो । चेल्सीभन्दा अगाडि लिभरपुलले रोमियोलाई भित्राउन चाहेको थियो । साउथएम्पटनले रोमियोको मूल्य ५० लाख पाउन्ड तोकेको थियो ।
उनी सन् २०२२ म्यानचेस्टर सिटीबाट साउथएम्पटनमा आबद्ध भएका हुन् । उनले म्यानचेस्टर सिटीमा एक सिजनमात्र खेलेका थिए । साउथएम्पटनले रोमियोलाई भित्राउन केवल १५ लाख पाउन्ड खर्चिएको थियो । रोमियोबाट साउथएम्पटनले निकै ठुलो नाफा कमाएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?