काठमाडौं- नोभाक जोकोभिचले विम्बलडन फाइनलमा कार्लोस अल्कारेजसँग बेहोरेको हारको बदला लिँदै सिन्सिनाटी ओपन (वेष्टर्न एण्ड साउदर्न ओपन) को उपाधि जितेका छन् ।
फाइनलमा विश्व नम्बर दुई जोकोभिचले शीर्ष वरियताका युवा खेलाडी अल्कारेजलाई ५-७, ७-६, ७-६ ले पराजित गर्दै उपाधि जितेका हुन् ।
एटिपी टुरको इतिहासमा १९९० पछि यो सबैभन्दा लामो समय चलेको फाइनल हो । जुन ३ घण्टा ४९ मिनेटसम्म चलेको थियो ।
यस उपाधिसँगै जोकोभिचले करियरको ९५औं उपाधि जितेका छन् र १९६८ यता प्रोफेसनल एरामा सर्वाधिक उपाधि जित्नेमा इभान लेन्डललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेका छन् ।
कोभिड-१९ रेस्ट्रिक्सनका कारण दुई वर्षपछि अमेरिकामा खेलेका जोकोभिचले तेस्रो पटक सिन्सिनाटी ओपनको उपाधि जितेका हुन् ।
यस्तै महिलातर्फ सातौं वरियताका कोको गउफले कारोलिन मुचोभालाई ६-३, ६-४ ले हराउँदै उपाधि जितिन् ।
वेष्टर्न एण्ड साउदर्न ओपनको ५० वर्ष भन्दा बढी इतिहासमा उपाधि जित्ने गउफ पहिलो टिनएजर खेलाडी समेत बनिन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.