४ भदौ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- आयरल्यान्डविरूद्धको तीन खेलको टी-२० सिरिज भारतले एक खेल अगावै जितेको छ।
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा भारतले आइतबार भएको दोस्रो खेलमा घरेलु टिम आयरल्यान्डलाई ३३ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १८५ रन जोड्यो।
भारतका लागि रुतुराज गायकवाडले ५८ रन जवडैभने सन्जु सासमनले ४० रन तथा रिंकु सिंहले ३८ रनको योगदान दिए।
बलिङमा आयरल्यान्डका ब्यारी म्याककार्थीले २ विकेट लिए।
१८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ८ विकेटको क्षतिमा १५२ रन जोड्न सक्यो।
उसका लागि ओपनर एन्डी बलबर्नीले सबैभन्दा बढी ७२ रन जोडे पनि अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा भारतका कप्तान जसप्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि बिश्नोइले २-२ विकेट लिए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?