काठमाडौं- आगामी सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर २१ देखि ३० (२०८०असोज ४ देखि १३) सम्म दशरथ रंगशालामा साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्दैछ ।
मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको एन्फाले जनाएको छ ।
एन्फाले सोमबारै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी पनि गराएको हो ।
प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउदैछन् ।
जिल्ला, प्रदेश र केन्द्रको छनोटपछि सुनिल श्रेष्ठले ३५ खेलाडी छनोट गर्न प्रशिक्षण सुरु गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रशिक्षणमा देशभर कुल ५४६ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.