१० भदौ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ– हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झन्डै साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज ३८ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?