१२ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् ।
चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।
विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए ।
भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।
केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?