१३ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । मुल्तान स्टेडियममा भएको टसमा टस जितेको पाकिस्तानले ब्याटिङ रोजेको हो ।
पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेसंगै नेपालले बलिङको निम्तो पाएको छ ।
नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो । पाकिस्तानको प्लेईङ–११ बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?