१५ भदौ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ।
बुधबार मन्त्रिपरिषद्को बैठकले रक्षाबन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए।
अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ ९करिब ११ अमेरिकी डलर० मा उपलब्ध हुनेछ। यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?