काठमाडौं- २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।
नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० ९भदौ १७ देखि २४ गते० सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।
एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन् ।
नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन् ।
एसियन गेम्सको तयारीमा रहेका अन्य देशका खेलाडी पनि एसियन च्याम्पियनसिपमा आउने हुनाले एसियन गेम्सको तयारी स्वरुप यो प्रतियोगितालाई लिएको खेलाडीहरुले बताएका छन् ।
एसियन च्याम्पियनसिप खेल्ने नेपाली टिम;
खेलाडीहरू स् सिक्का सुवाल श्रेष्ठ, रुबिन महर्जन, संयोग कपाली, विलोश श्रेष्ठ र इभाना थापा
प्रशिक्षक ; सञ्जीव ढुंगेल
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.