१९ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ ।
रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रोहितसँगै शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र कुलदीप यादव छन् ।
१३ औँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । भारत सन् १९८३ र २०११ मा गरी दुई पटकको च्याम्पियन हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?