काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८०र८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
प्राधिकरणले यस आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको हो । यस आवमा सो बराबरको स्रोत प्राप्त हुने र खर्च भने ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । यसबाट ६२ लाखा रुपैयाँ खुद बचत हुने अनुमान गरिएको छ । प्राधिकरणले अघिल्लो आवको पेश्की मौज्दात र बैंक मौज्दात लाई समेत यस आवको स्रोतका रुपमा उल्लेख गरेको छ ।
प्राधिकरणले यस आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने बताएको छ । ऋणरसेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान प्राधिकरणले गरेको छ ।
प्राधिकरणले १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने भएको छ । कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यसञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । कर्मचारीको बोनसमा ५ करोड ८९ रुपैयाँ विनियोजन गरिएको छ ।