२१ भदौ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान शुरु गरेको छ । आज बिहीवार बिहान जापानको स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन मिसन (स्लिम) सफलतापूर्वक प्रक्षेपण भएको अधिकारीहरूलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
यो मिसन झन्डै पाँच महिनाभित्र अर्थात् आउँदो फेब्रुअरीमा चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ । यस मिसनको प्रक्षेपणपछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० ले जापानलाई बधाई दिएको छ ।
यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुनेछ । अहिलेसम्म अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् । जापानको यो परियोजना १० करोड डलरको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?