काठमाडौँ- भारतको महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागको सहयोग लिएका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वाघविल क्षेत्रमा रहेकी ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहीवार बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।
परिवारले उनलाई उठाउने कोसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि परिवारले दमकल विभागलाई यो घटनाको जानकारी दिएका खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।
यद्यपि यस घटनाको क्रममा महिलालाई कुनै चोट नलागेको बताइएको छ । क्षेत्रीय विपद् व्यवस्थापनले यस घटनाबारे भनेको छ– ‘हामीलाई विभिन्न प्रकारका फोन आउने गरेको छ, तर यो घटना असामान्य थियो ।’
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.