• २१ चैत २०८१, शुक्रबार
  • Fri, 04 Apr 2025
गोरखापत्र
गोरखापत्र

बाँदरले क्षति नगर्ने केरा र बुँगोबाट चिप्स र अचार बनाउन सिक्दै पिपलटारीका कृषक

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

पर्वत- जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी शर्मिला तिवारीले काँचो केराबाट चिप्स बनाउने तालिम लिएपछि अब उनलाई व्यावसायिक रूपमा काम गर्ने मन छ। ब्लक क्षेत्रमा केरा खेती हुँदै आएको पिपलटारीमा जाडो समयमा पाकेको केरा खासै बिक्री हुँदैन। पाकेको केरा किन्नका लागि ग्राहक आउने पर्खाएमा बस्नुभन्दा केराका परिकारहरू बनाएर बजारमा पठाउँदा सहज र नाफामुखी हुने उनले बुझेकी छिन्।

सोही ठाउँका दुर्गादत्त पौडेल पनि बाँदर आतङ्कले सताएको बेलामा अरू खेती गर्नुभन्दा केरा खेती गरेर केराका विभिन्न परिकारहरू बनाएर बेच्न पाउँदा सफल हुने सम्भावना देखिएको बताउँछन्। जनज्योति सामुदायिक सिकाइ केन्द्रको आयोजनामा पिपलटारीमा चलिरहेको केराको चिप्स बनाउने तालिममा सहभागी भएका उनी पनि केराका परिकारहरूको बारेमा थाहा पाउँदा हौसिएका छन्।

प्रशिक्षक थानेश्वर भुसालले बाँदर आतङ्कबाट मुक्ति पाइने र नाफामूलक व्यवसायका लागि पनि उत्तम विकल्प केरा खेती हुने बताएपछि केरा खेतीप्रति थप आकर्षित भएको उनी बताउँछन्। ‘केराको बुँवो त्यत्तिकै कुहिएर जाने गरेको थियो। त्यसैबाट अचार बनाएर प्याकिङ गर्न सके बजारमा बिक्री हुने रहेछ। बाँदर लाग्ने खेतबारीमा केरा लगाउने हो भने बाँदरले क्षति गर्न नसक्ने रहेछ’, पौडेल भन्छन्, ‘सबै मिलेर ए ठाउँमा उद्योग खोल्ने, वडा र नगरपालिकाले उत्पादित बस्तु बिक्री गर्ने बजार खोजिदिन सके यो राम्रो र सजिलो पनि रहेछ भन्ने लाग्यो।’

पिपलटारीका तिवारी र पौडेल जस्तै कुश्मा नगरपालिका–९, १०, ११, १२ र १३ का कृषकहरू सिकाइ केन्द्र अन्तर्गत आयआर्जनका साना समूहहरूमा आबद्ध छन्। सिकाइ केन्द्रसँग जोडिएका १७ वटा समूहका प्रतिनिधिहरूलाई  बोलाएर केराको चिप्स र अन्य परिकार बनाउन प्रशिक्षण दिइएको वडाध्यक्ष रामचन्द्र सुवेदी बताउँछन्। कृषकहरूले ‘ब्लक’ मा केरा खेती गर्दै आइरहेकाले केराका परिकारलाई व्यावसायिक रूपमा उत्पादन गर्न अवस्था सहज रहेको उनको भनाइ छ।

‘ब्लकको रूपमा खेती गरिएकाले यहाँ केराको उत्पादन राम्रो हुने गरेको छ। पुस माघको समयमा पाकेको केरा कम बिक्री हुन्छ। त्यो बेलामा यसका बाई प्रोडक्टहरु बनाएर व्यावसायिक रूपमा बिक्री गर्ने हो भने बजारको समस्या रहँदैन’, सुवेदी भन्छन्, ‘यो तालिम आफैमा पूर्ण पनि होइन। अहिले सामान्यतः चिप्सहरू बनाउने प्रशिक्षण दिइए पनि दोस्रो चरणमा केराका अन्य परिकारहरू बनाउन सिकाउने हो। मेड्पा कार्यक्रमसँग जोडिएर केराको लोकताबाट रेसा निकालेर झोला उत्पादन गर्ने, पातको टपरी बनाउने लगायतका योजना पनि छन्।’

प्रशिक्षक थानेश्वर भुसालले तालिममा केरा उत्पादन, काँटछाँट र गोडमेलका कुराहरू सहित प्रशोधन अन्तर्गत केराको चिप्स बनाउन प्रशिक्षार्थीहरू सफल भएको बताए। केरालाई टिप्नेदेखि पखाल्ने, काट्ने र प्रशोधनसम्मका चरणहरूको बारेमा उनीहरूले राम्रोसँग सिकेका छन्। आलुको चिप्सभन्दा केराको चिप्स बनाउन सहज र नाफामूलक हुने भएकाले पनि यो क्षेत्रका कृषकहरूले यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सक्ने भुसाल बताउँछन्।

‘काँचो केरा एक दर्जन केरालाई ८० रुपैयाँमा बेच्दै आउनुभएको रहेछ। जाडोको समयमा केरा खासै बिक्री नहुँदा बजारको अभाव पनि हुने गरेको छ। एक दर्जनमा करिब साढे दुई किलो केरा हुँदो रहेछ। उहाँहरूले चिप्स तयार पार्न सिक्नुभएको छ’, उनले भने, ‘उद्योगका लागि अत्यावश्यक बस्तु भनेकै कच्चा पदार्थ हो, त्यो यहाँ ब्लकमा उत्पादन भइरहेको छ। काँचो केरा बिक्री गर्दा कोसाको मात्रै मूल्य हुन्छ त्यसमा गरेको श्रमको मूल्य जोडिएको हुँदैन। अहिले एक दर्जन केरा बेच्दा ८० रुपैयाँ मात्रै हुन्छ तर त्यसैलाई चिप्स बनाएर बेच्दा ८० प्लस एक सय ६० गरेर २४० रुपैयाँ पर्न आउँछ।’

सामान्यतः एक किलो आलुबाट चिप्स बनाएर बेच्दा करिब ६० रुपैयाँ नाफा हुने तर केराको त्यही परिणामबाट आलुको भन्दा दोब्बर हुने भुसालले बताए। एक किलो आलुको चिप्स २/३ सय ग्राम बस्दा केराको भने आधा किलो नै बस्ने उनको भनाई छ। अर्कोतर्फ कुरा सामुदायिक विद्यालयहरूमा दिवा खाजाको कार्यक्रम अन्तर्गत पनि केराका परिकारहरू खुवाउन सकिने भएकाले पनि बजारीकरणको समस्या नहुने उनको भनाइ छ। स्वास्थ्यको लागि फाइदाजनक भएकोले ‘जङ्क फुड’ को सट्टामा यसको प्रयोग उत्तम हुने भएकाले विद्यालयहरूसँग सहकार्य गरेर केरालाई खाजाको रूपमा प्रयोग गर्न उपयुक्त हुने भुसालको सुझाव  छ।

आयोजक सामुदायिक सिकाइ केन्द्र अनौपचारिक शिक्षा केन्द्र अन्तर्गत सञ्चालन हुँदै आइरहेको कार्यक्रम हो। साबिकको जिल्ला शिक्षा कार्यालय रहने बेलामा जिल्लालाई पूर्ण साक्षर घोषणा नगरिएको अवस्थामा साक्षरता र साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्नु यसको उद्देश्य थियो। सुरुमा सामुदायिक अध्ययन केन्द्रको रूपमा रहे पनि पर्वतलाई पूर्ण साक्षर घोषणा गरिएपछि सिकाई केन्द्रको रूपमा रूपान्तरण गरिएको छ। अध्ययन केन्द्रका अध्यक्ष भगीरथ तिवारीका अनुसार पहिले साक्षर हुनका लागि अध्ययनमा जोड दिने केन्द्रहरूले अहिले जीवन निर्वाहको लागि आम्दानीको स्रोत बढाउन सकिने सीप सिक्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र