काठमाडौं- एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ ।
श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । भारतले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरु को पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरु को पहिलो खेल खेल्न लागेको हो ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।
हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.