काठमाडौं- एसिया कप क्रिकेटमा वर्षाले रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरू भएको छ।
मुसलधारे वर्षा रोकिएसँगै खेल सुरू भएको हो। सुपर फोरको आइतबारको खेलमा भारतले टस हारेर ब्याटिङ गरिरहँदा २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएपछि पानी परेर खेल रोकिएको थियो।
आइतबार हुन नसकेको खेल आज रिजर्भ डे मा खेलाउन लागिएको हो। आज पनि पानी परेपछि खेल ढिलोगरी (नेपाली समय अनुसार ४:५५ बजे) सुरू भएको हो।
श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट सुरुवात गरेका थिए । यी दुईले पहिलो विकेटका लागि १६ दशमलब ४ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए
आज ८ रनमा खेलिरहेका विराट कोहली र १७ रन बनाएका के एल राहुलले इनिङस अघि बढाएका छन् ।
जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका हुन् । यी दुई टिमबीच समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।