२६ भदौ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।
आज ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?