२७ भदौ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ।
मंगलबार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको हो। प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८. ५ रहेको मन्त्रालयले जनाएको छ।
साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरुको सूचकांक क्रमशः ११८.१ र १५२.२ मा रहेको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?