काठमाडौं- थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ।
चीन र काजाकिस्तान पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रश्ताव अनुमोदन भएको हो। थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधवार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरुलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताए।
यस अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने बताए। यस नयाँ नीतिबाट थाइल्याण्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ। उनीहरुबाट ३९।१५ बिलियन अमेरिकी डलर राजश्व कमाउने अपेक्षा गरेको छ। कुल पर्यटन राजश्वमा ८६।६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ। थाइल्याण्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिव १२ प्रतिशत पर्यटनले ओगटेको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.