३ असोज २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ । चीनको हाङझाउमा आज बुधवार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो ।
हिजो मङ्गलवार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?