• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

गण्डकी प्रदेशका संरचना र भार पुनर्मूल्याकन गर्न अध्ययन कार्यदल

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

पोखरा- गण्डकी प्रदेश सरकारले अहिलेसम्म गठन गरेका बोर्ड, आयोग, प्रतिष्ठान तथा निकायहरुले भूमिका देखाउन नसकेको भन्दै अधिकांशको बजेट कटौती गर्‍यो ।

संघीयतामा प्रदेशका सेवा प्रवाह र कार्यक्रमलाई चुस्त र प्रभावकारी बनाउन भन्दै गठन भएका यस्ता संरचनालाई बलियो बनाउनुको साटो बजेट कटौती गरेको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारले आलोचना नै खेप्यो ।

सुरेन्द्रराज नेतृत्व सरकारले भने विभिन्न सरकारमा गठन भएका यस्ता निकायले भूमिका देखाउन नसकेको र औचित्यसमेत पुष्टि हुन नसक्ने भन्दै नीति तथा कार्यक्रम र बजेटमै सम्वोधन गर्ने कोसिस गर्‍यो । तर, सरकारले विभिन्न समयमा गठित संरचनाबारे तत्काल प्रतिक्रिया दिँदा विरोध पनि हुन सक्ने भएकाले सबैजसोको बजेट कटौती गरे ।

सरकारले बजेट र भूमिका दुबै नदिएपछि दूग्ध विकास बोर्ड लगायतका संरचनामा नियुक्ति भएर तलब खानेबाहेक अन्य भूमिका निकम्मा बन्न पुगे । मुख्यमन्त्री पाण्डेले विभिन्न समयमा गठन भएका यस्ता संरचनाहरुको पुनमूल्यांकन गर्ने बताउँदै आएका थिए ।

गण्डकी प्रदेश सरकार बनेपछि स्थापना गरिएको यस्ता निकाय, प्रदेशसँगै हस्तान्तरण भएका संरचनाहरुको अध्ययन गर्न कार्यदल नै गठन गरेका छन् ।

प्रदेशका संरचना, आवश्यक जनशक्ति, कार्यशैली, तथ्यांक विश्लेषण र पदपूर्तीको विश्लेषण तथा अध्यनका लागि भन्दै नेपाल सरकारका पूर्व सचिव पूर्व शरदचन्द्र पौडेल संयोजक, अर्का पूर्व सचिव महेश्वरनरसिंह केसी र पूर्व सहसचिव अच्युत लामाछिने सदस्य रहेको कार्यदल गठन गरिएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

संविधान दिवसको अघिल्लो दिन मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संघीयतामा प्रदेशको सेवालाई चुस्त बनाउन र अनाश्वक भार कम गर्न भन्दै अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरिएको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताए ।

‘संघीयतासँगै प्रदेशमा आएका, अहिलेसम्म गठन भएका संरचनाको आवश्यकता छ कि छैन । छ भने कसरी छ रु र छैन भने त्यस्ता संरचना खारेज गर्न कार्यदल गठन गरेका छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो कार्यदलले अहिलेसम्म बनेका ऐनकानुनको आवश्यकता र प्रभावकारीतादेखि जनशक्ति र कार्यशैलीकोसमेत विश्लेषण गरी प्रतिवेदन बुझाउने छ र त्यही प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने छ ।’

अध्ययन कार्यदललाई ३ महिनाको समय दिइएको छ । गण्डकीमा भएको अन्तर प्रदेश मुख्यमन्त्री भेला र प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा पनि दोहोरो संरचना हटाउन निर्णय गरिएको थियो ।

‘संघीय सरकारले पनि दोहोरो-तेहेरो पर्ने संरचना खारेज नै गर्ने गरी अध्ययन गर्दैछ र प्रदेशले पनि अनावश्यक संरचना हटाएर चालु खर्च घटाउने र भएका संरचनाबाट पुँजीगत खर्च बढाउने सोच हो,’ मुख्यमन्त्री पाण्डेले भने ।

पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेश र मातहत १ सय ७५ भन्दा बढी कार्यालयमा स्थायी, अस्थायी, करार गरी २ हजार ३ सय कर्मचारी छन् ।

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा पाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ९स्टाफ कलेज०मार्फत प्रदेशका लागि आवश्यक जनशक्ति, मन्त्रालयको क्षमताबारे अध्ययन गराएका थिए । त्यो अध्ययनले प्रदेशका लागि ३६ सय कर्मचारी आवश्यक पर्ने र बढीमा १० वटा मन्त्रालयसम्म बनाउन सक्ने बताएको थियो ।

गण्डकीमा संविधानअनुसार नै १२ मन्त्रालयसम्म रहन सक्छन् भने संघीय सरकारले ३१ सय जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । अहिले मुख्यमन्त्री पाण्डेले समग्र प्रदेशको संरचनादेखि जनशक्तिशक्तिसम्मको अध्ययन गराउन कार्यदल गठन गरेका हुन् ।

कार्यदलले मौजुदा नीति, ऐन कानुनको अध्ययन तथा विश्लेषण गर्ने छ । गण्डकीमा अहिलेसम्म ६० वटा कानुन बनेर ३६ वटा एकै पटक संशोधन हुँदा पनि अधिकांश देखिने गरी कार्यान्वयन हुन सकेका छैनन् । अहिले पनि ३ वटा विधेयक संरचनामा दर्ता र छलफलका क्रममा छन् ।

सेवा प्रवाह चुस्त र कार्यमुखी बनाउन तथ्यांक अध्ययन र विश्लेषण गर्ने कार्यसर्त पनि कार्यदललाई दिइएको छ ।विद्यमान कार्यप्रणाली र संरचना विश्लेषण गर्ने, प्रदेशका लागि आवश्यक जनशक्ति, दरबन्दी र पदपुर्तीको प्रक्षेपण गर्ने जिम्मेवारी पनि कार्यदललाई छ ।

गण्डकी प्रदेश सरकारको मौजुदा मन्त्रालय तथा मातहतका नियमित संरचना र प्रदेश ऐन, गठनादेश तथा कार्यकारी निर्णय भइ गठन भइ सञ्चालनमा रहेका संरचना, निकायको औचित्य र प्रभावकारिता अध्ययन गरी सिफारिस गर्न सर्त गर्न कार्यदललाई जिम्मेवारी दिइएको प्रवक्ता तिवारीले जानकारी दिइन् ।

विज्ञहरुकोसमेत सहयोग लिएर प्रतिवेदन बुझाउन कार्यदललाई भनिएको छ ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र