८ असोज २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पोखरा- विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनावग्रस्त माहोल बनेको छ छ ।
असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।
डाक्टरले दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् । स्थिति तनावग्रस्त भएपछि यतिबेला अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?