काठमाडौं- एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार देव खनालको कप्तानीमा टोली घोषणा गरेको हो ।
अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिताको शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।
नेपाल समूह 'ए' मा छ । यो समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । समूह 'बी' मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् । समूह 'सी' मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् । समूह 'डी' मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
यस्तो छ नेपालको टोली–
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।
वैकल्पिक खेलाडी–
प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.