पर्यटकीय गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव, एउटा उडानको निवासीलाई रु ३ हजार र वाहिरकालाई रु ४ हजार शुल्क निर्धारण गरिएको छ
काठमाडौँ । जुम्लामा पर्यटकीय स्थल गुठिचौरमा स्काई फेष्टिवल अर्थात आकासे पर्व सुरु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिकाले पोखराबाट प्राविधिक टिम झिकाएर चार दिने महोत्सव सुरु गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य र गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले महोत्सवको उद्घाटन गर्नुभएको छ । गुठिचौरको मैदानमा रिवन काटेपछि डाडाँबाट ग्लाईडिङ उडान भएको थियो ।
प्याराग्लाइडिङका लागि जिल्ला र जिल्ला बाहिर मानिसहरु अहिले गुठिचौर पुगेका ङसबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरि आर्थिक उपार्जनका लागि महोत्सवको सुरुवात भएको जानकारी दिनुभयो । महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रचुर पर्यटकीय सम्भवाना रहेको गुठिचौरमा स्थानीय सरकारले पर्यटन प्रर्वृद्धनका लागि गरेको क्रियाकलाप मध्य एक रहेको बताउनुभयो ।
पहिलो दिन १२ वटा उडान भएको प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार आईतवार झण्डै ५० बढि उडान गर्ने योजना छ । गुठिचौरको चारैतिरबाट प्याराग्लाईडिङ उडान एकै पटक भइरहेका छन् । प्याराग्लाइडिङमा उड्नका लागि मानिसको भिड भएको गुठिचौर गाउँपालिकाले जनाएको छ ।
प्रशासकीय अधिकृत धु्रर्वराज गिरीले ३१ गतेसम्म महोत्सव हुने भनिएता पनि टिकट धेरैले काटेपछि सवैलाई उडार मात्र महोत्सव समापन गरिने स्थानीय तहले जानकारी दिएको छ । गाउँपालिकाले २ महिना अघि परीक्षण जहाजका लागि वावु एडभाञ्चर प्रा।लीलाई जुम्ला ल्याएर परीक्षण गरि सफल गरिएको थियो । एउटा उडानको गुठिचौर गाउँपालिका निवासीलाई रु ३ हजार र वाहिरकालाई रु ४ हजार शुल्क निर्धारण गरिएको छ ।