बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
वीरगञ्जमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
लामिछानेको मुद्दा अझै किनारा लाग्न सकेन, अन्तिम सुनुवाइको पेशी आज
नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
सहिद स्मारक ‘ए’ डिभिजन लिग दिउँसो ३ बजेबाट सुरु हुने
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
हप्ताको पहिलो दिन सुनको भाउ बढ्यो
हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
बालेनको निर्देशनः लक्षित वर्गको निःशुल्क उपचार गर्नुस्
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्। आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै मेयर शाहले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी दिएका हुन् ।स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था लागू नभएको पाइएको उनको भनाइ छ ।मेयर शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिए ।स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते गर्ने
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
कोशी र गण्डकी प्रदेशका केहि स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
पूर्वीरुकुमको हुकाम गाउँ आसपासमा भूकम्पको धक्का
पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
- बि.एम.एन. न्यूज
- ७ जेठ २०८०, आइतबार
गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
- बि.एम.एन. न्यूज
- ६ जेठ २०८०, शनिबार
सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध
दुर्घटनाको जोखिम बढेको भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ ।
- बि.एम.एन. न्यूज
- ६ जेठ २०८०, शनिबार
कर्णाली, गण्डकी र बाग्मती प्रदेशका बिभिन्न भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित हुँदै
कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- ६ जेठ २०८०, शनिबार
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
- बि.एम.एन. न्यूज
- ६ जेठ २०८०, शनिबार
भारतीय प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शनिबार जापानको हिरोशिमामा भेटवार्ता भएको छ ।