बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १ कात्तिक २०८०, बुधबार
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, अध्यन सकेर आजै काठमाडौँ फर्कने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्।
- बि.एम.एन. न्यूज
- १ कात्तिक २०८०, बुधबार
त्रिदेशीय टि-२० सिरिज आजदेखि, युएईसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्। खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ।
- बि.एम.एन. न्यूज
- १ कात्तिक २०८०, बुधबार
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
- बि.एम.एन. न्यूज
- १ कात्तिक २०८०, बुधबार
हमासले गाजाको अस्पतालमा गर्यो रकेट आक्रमण, ५०० जनाको मृत्यु
काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ ।
- बि.एम.एन. न्यूज
- १ कात्तिक २०८०, बुधबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
- बि.एम.एन. न्यूज
- ३० असोज २०८०, मङ्गलबार
उपभोग्य सामनमा मिसावट
काठमाडौं – दशैंका लागी सरकारले सस्तो र सुपथ मुल्यको पशल पनि राख्यो, ति पशलमा चामलमा किरा नै किरा देखेर चामल फिर्ता गर्नेको लर्को लागेपछि, मिडिया मार्फत बाहिरियो । धनगढीमा प्लास्टीकको चामल मिसावट गरेकै भेटियो । अखाद्य बस्तुको नियमन गर्ने भनेर जति कुरा गरेपनि कतैपनि त्यसको कार्यन्वयन भएको देखिएन । जब चाडपर्व आउँछन् अनि महंगी, कालाबजारी र अखाद्य बस्तुको बिक्रीबितरण बढ्छन्, यसको अर्थ यो जालो नियमित रुपमा सक्रिय छ भन्ने कुराको पुष्टि गर्दछ । न नियमन गर्ने निकाय गतिलो छ, न यसमा काम गर्ने अधिकारी र कर्मचारीहरु नै, यदि त्यस्तो हुन्थ्यो भने, यो धेरै अगाडी निर्मुल नै भईसक्थ्यो । कारबाही गर्ने प्रहरी कर्मचारी सबै सेटिङ्गमै हुन्छन्, हरेक क्षेत्र र तहका कर्मचारीले बिना कमिसन सिन्को भाच्दैनन । सरकारी कार्यलयहरुमा टाँसेको हुरुन्छन् कि म भ्रष्टचार गर्दिन र गर्न दिंदैन, तर त्यहिंका फाईल मिलाउने पिउनबाटै सुरु हुन्छ, कमिसन खेलको धन्दा, यस्तो संस्कार दिएर, नेताहरु चोकमा भाषण गरिरहेका हुन्छन् कि यो देश हामी बिना चल्दैन, चल्थ्यो पनि कसरी ? जागिर खुवाउन देखि सरुवा बढुवा सम्म पैसाका बिट्टा पु¥याउनै पर्छ, त्यो कर्मचारीले घुष नखाई भ्रष्टचार नगरि कसरी चलोस्, यदि राज्य भ्रष्टचार र बेथीतिको बिरोधी हो भने, मुलुक १ साताका लागी हामीलाई छोडोस् हामी यसको अन्त्य गर्ने सिस्टम सरकारमा जोड्छौं, त्यसपछि सरकार उनिहरुले नै चलाउन यदि ईमान्दारिता हो भने, नत्रकतिन्जेल भ्रम छर्ने, भ्रमकै खेति गरि रहने ? आरजु राणा तिर सुई घुमेपछि, शरणार्थी काण्डै रोकिने, बाबुराम र माधब हाक्काहाकी जोडिंदा अनुसन्धान नै नहुने, महरा, वर्षमान र नन्दकिशोरका किशोरहरुले सुन तस्कर गर्दा सुन काण्डै सेलाउने, सय डेढसय किलो सुन तस्कर गर्ने कम्पनी कुन पैसाले चल्यो सोध्नै नपाईने, उपेन्द्र अगाडी आएपछि, गौर हत्याकाण्डको फाईल आफैं बन्द हुने, गिरीबन्धु टि स्टेटमा ओली मुछिएपछि चिया नै सेलाउने । अनि फेरी जनताले आशा, र सुध्रिने हुन कि भन्ने नाममा कहिले सम्म भोट दिएर लूट्न पठाईरहने ? तपाईं वरिपरिका समस्या हामीलाई भन्नुसकतै तपाईंका वरिपरि कोहि ठगिएका त छैनन्, बेखबर नभईदिनुस् तपाईंका चासो र जनगुनासो हामी निरन्तर उठाउँदै आईरहेका छौं, चाडपर्वका बेला, मनपरी भाडा, मनपरी सामानको मूल्य र अखाद्य अनि जनताको स्वास्थ्यमा असर पार्ने बिक्रि बितरण रोकौं, यो सुरुवातीले एउटा सुसंस्कारलाई स्थापित गर्दे लैजान सकिन्छ । यहाँलाई अन्याय परेको छ भने, बोल्नै पर्छ, हरेक कुराका लागी बोल्दा समेत सुनुवाई नहुने मुलुकमा चुपचाप सहेर केहि हुन्न, तपाईंका आवज हामी बुलन्द गरिरहने छौं । महंगी, अखाद्य बस्तुको मिसावट, चोरी पैठारी, म्याद सकेको सामानको बिक्री आदि निकै अवैध काम भईरहेको हुनसक्छ, डिजेल, पेट्रोलमै मिसावट हुन सक्छ, वा पूरा ईकाई दिदैन, कतै तौल छलि गरेको हुनसक्छ, कतै तपाईले पिउने रक्सीमै मिसावट हुनसक्छ, नक्कली माल पनि पार्न सक्छ, घिऊमा डाल्टा, तेलमा सस्तो तेल, चामल, दालमा ढुंगाका टुक्रा, चिनीमा अखाद्य त्यस्तै अर्को बस्तु बजारमा अनुगमनका क्रममा पनि भेटिएका उदाहरण छन्, यसपाली देखि हामी यस्ता विषयबस्तुमा गंभिरपूर्वक ध्यान दिने र ईमान्दार पूर्वक नागरिकको खाद्य अधिकार र सरकार सँग समेत खाद्य संप्रभुताको माग गर्नु पर्दछ । बोल्न पाउनुपर्छ आफ्नैका गलत विरुद्ध बोल्नेहरु नै पार्टीका बास्तबिक सिपाही हुन् भनेर कुनैबेला बिपीले भन्ने गर्थे, आज गलतका विरुद्ध बोल्नेहरुलाई नै पाखा लगाउने चलन छ, यसले जनतामा राजनीति प्रति बितृष्णा मात्रै जगाएन, यसले नयाँ बिकल्प बोकेर आउनेहरुलाई स्थापित गर्न थाल्यो । न्याय माग्नकै लाग्ी सडकमा, अबसर लिनका लागष्ी सडकमा, बृत्तिबिकासका लागी सडकमा, बिकासका लागी सडकमा, शुसासनका लागी सकडमा... अब सदनको औचित्य के ? अबको केहि समयमा नै वर्तमान राज्यव्यवस्थाको बिकल्प आउनेवाला छ, हरेक दशकमा आउने परिवर्तन हो भनेर भन्दै जाने हो भने, बिकास, शुसासन र समृद्धि सयौं दशक कुरेपनि नआउने नै निश्चित छ । संभवत यो व्यवस्थाको अन्तिम राज्यसत्ता यहि हुनसक्छ, र ८४ सालको चुनाव फरक तौरतरिका र प्रणालीमा हुनसक्ने संभावना बढ्दै गईरहेको छ । विश्व परिस्थीति, राष्ट्रिय अबस्था र राजनीतिक दलका पछिल्ला गतिविधीले झनै यो व्यबस्था कम्जोर हुँदै गईरहेको छ । नागरिकले कसैप्रति भरोसा गर्ने अबस्था छैन, सरकार सँग जनता विश्वास गर्न छोडे, सरकार नागरिक प्रति उत्तरदायी छैन, यस्तो व्यबस्था अब कसरी अगाडी बढ्ला ? यो निकै चुनौतीपूर्ण छ । अब जनता हरेक कदममा सचेत हुँदै, राष्ट्रको ईमान्दार नागरिक भएर देशको रक्षा, बिकास र समृद्धिमा आफैं जुट्नु पर्दछ । बिएमएन न्युज, काठमाडौं । “सदैव जनताको पहरेदारी, गर्दछ सम्बन्धीत निकायमा खबरदारी”
- बि.एम.एन. न्यूज
- ३० असोज २०८०, मङ्गलबार
पेट्रोल छैन भनेर सूचना टाँस गर्नेलाई कारबाही होस्
काठमाडौं – तेल व्यपारीले जानकारी नदिई मूल्य बृद्धि भए बेच्ने, नत्र पेट्रोल छैन भन्ने सूचना टाँस गर्छन्, सरकारले जब पेट्रोलियम पदार्थको मुल्य घटायो, ब्यापारीहरुले तेल नै छैन भनेर सूचना टाँस गरे, सस्तोमा खरिद गरेर महँगोमा पनि त बेचेका थिए, अहिले सरकारले दशैंको बेला घटाएको मूल्यले थाहै नदिई घटाएको भनि तेलको कृतिम अभाव सिर्जना गरि बजार बिगारेका छन् अब सायद तेल बोतलमा पाईन्छ, सरकारले तेल बोतलमा बेचेको पाईने बित्तकै कारबाही गर्न पर्छ । जुन पम्पबाट ल्याएर बेचेको हो त्यसको लाईसेन्स जफत गरिदिने हो भने कसले कालाबजारी गर्छ ? निगमले प्रसस्त मात्रमा तेल दिएपनि, तेल छैन भनेर टाँस भएको छ, जसले तेल छैन भनेर टाँसेका छन् तिनलाई कारबाही गर्नसके सबै लाईनमा आउँछन । चाडपर्वका बेला मूल्य समायोजनका नाममा यस्तो हाहाकार मच्चाउनेलाई सरकारले कारबाहीको दायरमा ल्याएर सरकार जिउँदै छ भन्ने अनुभुति जनतालाई दिनु पर्छ । बिएमएन न्यूज, विशेष रिपोर्ट, काठमाडौं ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
अन्तर्राष्ट्रिय उडान नियमित नभए आन्तरिक उडान पनि ठप्प पार्ने भैरहवाका उद्योगी व्यवसायीको चेतावनी
रुपन्देही । रूपन्देहीका उद्योगी व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि सरकारले नै चासो नदिएको भन्दै अन्तर्राष्ट्रिय उडान नियमित नगरे आन्तरिक उडान समेत ठप्प पार्ने चेतावनी दिएका छन्।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
दशैँ सुरुवातीको तीन दिनमा एक लाख ५० हजार जनाले छाडे काठमाडौं
काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
देशको जिम्मा माओवादीले लिनुपर्ने विप्लवको भनाई, माओवादी बाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
विपिन जोशीको खोजीका लागि सरकारले थाल्यो अन्तर्राष्ट्रिय पहल
काठमाडौँ । इजरायलमा सम्पर्कविहीन बनेका विपिन जोशीको खोजी कार्य जारी छ । त्यसका लागि नेपाल सरकारले इजरायल सरकारसँग पहल गरिरहेको छ । सोही आधारमा उनको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
साताको दोस्रो दीन भारी अंकले नेप्सेमा गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
कोशी अपडेट : माओवादीले केदार कार्कीलाई विश्वासको मत दिने
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
दशैं लागे संगै काठमाडौंमा भित्रियो च्याङ्ग्रा
काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो ।
- बि.एम.एन. न्यूज
- २९ असोज २०८०, सोमबार
अफलाइनमा चलाउने पठाओ र इनड्राइभका ८३ जना पक्राउ
काठमाडौं । अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।