• ५ माघ २०८१, शनिबार
  • Sat, 18 Jan 2025
गोरखापत्र
blog

विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि बंगलादेशको सहज जित

विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।

blog

थाहा नगरपालिकामा सवारी दुर्घटना : एकजनाको मृत्यु

थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

blog

पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाऔँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताउनुभएको छ ।

blog

बझाङ भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

blog

शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन? सांसद यादव

जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक २०८० पुनर्लेखनको आवश्यकता रहेको बताउनुभएको छ ।

blog

नेपाली अर्थतन्त्रमा चुनौती भए पनि आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा

काठमाडौं- जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको हो ।१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको जनाउनुभयो । ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु, तर यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ’, उहाँले भन्नुभयो ।पूर्वगभर्नर कुरोदाले नेपालको अर्थतन्त्रका तीन वटा क्षेत्रमा आफूले सम्भावना देखेको बताउनुभयो । उहाँले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गर्नुभयो । उहाँले नेपालमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्री, राजनीतिज्ञ एवम् सरोकारवालाहरूसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको उहाँले जानकारी दिनुभयो ।कुरोदाले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर गर्नुभयो । जापानमा कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उहाँको भनाइ छ । तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उहाँको तर्क छ ।‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ’, उहाँले भन्नुभयो, ‘मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको बताउनुभयो । उहाँले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको जनाउनुभयो । उहाँले राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरूको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरूलाई परिचालन गर्नुपर्ने जिकिर गर्नुभयो ।

blog

जेलमा रहेकी इरानी अभियानकर्मीलाई नोबेल शान्ति पुरस्कार

यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु हुने भएको छ ।

blog

भूकम्पको प्रभाव अवलोकन गर्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल बझाङ पुगेका छन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत बझाङ पुगेका हुन्।

blog

सरोकारवालाको माग सम्बोधन हुने गरी शिक्षा विधेयक अघि बढाउनुपर्छ : रमेश लेखक

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् सांसद रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

blog

विद्यार्थी संगठनको अवरोधपछि त्रिवि सेवा आयोगले लिइरहेको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ ।

blog

सरकारले कयौं विषयमा गल्ती गरेको छ : महामन्त्री शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन्।

blog

बर्दियामा गैँडा मृत फेला

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।

blog

शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन : सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।

blog

एयरपोर्ट बनाउन भनेर किनेको जग्गाको जानकारी दिन यति एयरलाइन्सलाई धरानको पत्र

सुनसरीको धरान उपहमानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।

blog

विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्।

गोरखापत्र