बालुवाटारमा ३ घण्टादेखि प्रचण्ड-ओली छलफलमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घण्टा लामो समयदेखि छलफल जारी छ । दुई नेता वान टु वान छलफलमा बसेका छन् ।
प्रशासनिक केन्द्र निर्माण राष्ट्रिय गौरवको आयोजनामा समेट्न बागमती प्रदेश सरकारको सिफारिस
हेटौँडा । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गरेको छ ।
एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ ।
संसद्का कर्मचारीको भत्ता बढाउने सहमति
काठमाडौं । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
मापदण्ड नबनेसम्म कर्मचारी सरुवामा रोक
काठमाडौं । सरकारले विकृत बेमौसमी सरुवाका निर्णयहरू रोक्न मापदण्ड बनाउन सुरू गरेको छ । मापदण्ड नबनिन्जेल पर्याप्त कारण र आधार नभई अपवादको अवस्थामा बाहेक चालु आर्थिक वर्ष २०८०/८१मा अर्थात् असार महिनाभरी कर्मचारी सरुवा नगर्ने निर्णय पनि ६ असारमा सिंहदरबारमा बसेको सचिव बैठकले गरेको छ ।
प्रधानसेनापतिद्वारा ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ ।
काठमाडौँ आइपुगे चिनियाँ उपविदेशमन्त्री
काठमाडौँ । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आइपुगेका छन् ।
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरूपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।
भारतका पूर्व क्रिकेटर डेभिड जोन्सनले गरे आत्महत्या
काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।