संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १२ वटा कम्पनीहरूले हाले टेण्डर
चितवन । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावले निर्माण अलपत्र बनेपछि भरतपुर महानगरपालिकाले जिम्मा लिएको थियो ।
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
लमजुङ । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षाको वार्षिक कार्यतालिका सार्वजनिक, यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित
हेटौँडा । प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् ।
८२५ जना शिक्षकले त्यागे दल
काठमाडौँ । विभिन्न राजनीतिक दलमा आवद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।
सांसद बडूले गरे रोष्ट्रममै मौनधारण
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले बजेट विनियोजन गर्दा दार्चुलालाई बजेट नपठाएको विरोधमा एक मिनेट मौनधारण गरेका हुन् ।
अनुमतिविना एनजीओ र आइएनजीओको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई गैरसरकारी संस्थाको कुनैपनि प्रकारको सहयोग नलिन निर्देशन दिएका छन् ।
श्रीमतीको हत्या गरेको आरोपमा रौतहटका युवक पक्राउ
रौतहट । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ ।
सेभेन्थ एसिया कप खेल्न नेपालका तेक्वान्दो खेलाडीहरु भारत प्रस्थान, खेलाडिहरुलाई यसरि गरे विदाई
काठमाडौ । ईन्डिया तेक्वान्दो काउन्सिल द्रुारा आयोजना हुने एसिया कप ओपन ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०२४ जुन २१ देखि तिन दिन गोवामा हुन गईरहेको छ । उक्त खेलका लागी नेपाल बाट सहभागी हुन तेक्वान्दो खेलाडीहरु आज भारत प्रस्थान गरेका हुन ।