![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
१६४ किलो गाँजा सप्तकोशी नदीबाट बरामद
काठमाडौं । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ ।
अर्थतन्त्र सुधारमा चेम्बरले अर्थमन्त्रीलाई बुझायो १७ बुँदे सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेस गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सुझाव पेस गरेको हो ।चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव पेस गरिएको चेम्बरले जनाएको छ ।नेपालमा आयात हुने वस्तुहरुको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन पनि चेम्बरले आग्रह गरेको छ । यस्तै नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरुमा उच्चस्तरीय क्वारेन्टिन ल्याब स्थापना गर्न पनि आग्रह गरिएको छ ।अर्थतन्त्रको अवस्था हाल शिथिलताबाटै गुज्रिरहेको भन्दै चेम्बरले पूँजीगत खर्चमा वृद्धि, उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी नीतिगत व्यवस्था गर्न नवनियुक्त अर्थमन्त्री पुनको ध्यानाकर्षण गराएको हो ।चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर पनि लगानी आकर्षण हुन सकेको छैन, पूँजी चलायमान एवम् आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन आवश्यक छ, उत्पादन वृद्धि मार्फत निर्यात प्रवर्द्धन एवम् रोजगारी सिर्जना गर्ने बजेट अवको प्राथमिकतामा हुनुपर्छ ।’नेपालमा सूचना प्रविधिसँग सम्वन्धित बहुराष्ट्रिय कम्पनीहरुलाई आर्कषण गर्न सकिए आईटीका युवाहरुले रोजगारी प्राप्त गर्न सक्ने र यसले अर्थतन्त्रमा पनि टेवा पुग्ने चेम्बरले उल्लेख गरेको छ ।मुलुकमा आईटी पार्क निर्माणका लागि सहज रुपमा जग्गा उपलब्ध गराउन र परियोजना सञ्चालनका लागि कर छुट लगायत अन्य सुविधा उपलव्ध गराउन पनि चेम्बरले सुझाव दिएको छ ।मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गरी आमउपभोग्य वस्तु र विलासिताका वस्तुहरुमा फरक दर कायम गर्न पनि आग्रह गरिएको छ ।यस्तै घरजग्गा कारोबारमा जाने कर्जा प्रवाहमा धितो मूल्यांकनको ५० प्रतिशत प्रदान गर्ने व्यवस्थालाई संशोधन गरी ७० प्रतिशत पुर्याउन पनि चेम्बरले सुझाव दिएको छ ।निजी क्षेत्रको मनोबल उकास्न लगानीको सहज वतावरण बनाउनुपर्ने चेम्बर अध्यक्ष मल्लले अर्थमन्त्री पुन समक्ष आग्रह गरे । अन्तराष्ट्रिय लगानीको पूर्वसन्ध्यामा आवश्यक कानुन संशोधन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।चेम्बर पदाधिकारीसँगको भेटका क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल खस्किन नदिने गरी काम गर्ने सरकारको नीति रहेको बताए ।उनले भने, ‘अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा निजी क्षेत्रलाईसँगै लिएर जान प्रधानमन्त्रीको पनि निर्देशन छ, सोही अनुसार वातावरण बनाउने मेरो प्रयत्न रहनेछ ।’सिंगो निजी क्षेत्रलाई आतंकित गर्ने गरी सरकारबाट कुनै पनि काम नहुने उनले बताए । आर्थिक अपराधलाई छुट्टै कानुन बनाएर सम्बोधन गर्ने तयारी भइरहेको अर्थमन्त्री पुनले बताए ।अर्थतन्त्रलाई चलायमान बनाउन एवम् पूजीगत खर्च वृद्धिको योजना बनिरहेको अर्थमन्त्री पुनको भनाइ छ ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ
काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।
नेता कृष्ण बहादुर महरा पक्राउ
काठमाडौँ । माओवादी नेता कृष्ण बहादुर महरालाई प्रहरीले रुपन्देहीमा पक्राउ गरेर काठमाडौँमा ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीले उनीमाथि अनुसन्धान सुरु गरेको छ ।सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा माओवादी केन्द्रका उपाध्यक्ष महरामाथि अनुसन्धानका लागी पक्राऊ परेका हुन । भेप प्रकरणमा थप अनुसन्धान गर्न प्रहरीले सोमबार नै महरालाई अदालत उपस्थित गराउँदै छ । हिरासतमा राखेर अनुसन्धान गर्नका लागी म्याद लिन काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने कुरा प्रहरी श्रोतले बताएको छ । दुबईबाट ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेको आरोप उनिहरु माथी लागेको थियो ।चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको पनि ‘कनेक्सन’ देखिएको छ । भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ तीनैजना भने हाल फरार छन ।
दिपेश पुनलाई ८ दिन म्याद थप भएको छ ।
रुपन्देहि । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । जिबी राईले पोखरामा सूर्यदर्शन, चितवनमा सहारा, बुटवलमा सुप्रिम सहकारी खोलेका थिए । राईले सुप्रिम सहकारीको सचिवमा दीपेश पुनलाई राखेका थिए । दिपेश पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको छ । सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै विषय खुलाउन नमिल्ने बताए ।पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन ।
अर्थमन्त्री वर्षमान पुनको नागरिक लगानी कोषलाई निर्देशन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।आइतबार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीलाई भविष्यमा नदोहोर्योउने प्रतिवद्धतासहित अघि बढ्न उनले सुझाव दिए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको भन्दै आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए ।अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताएका छन् । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी रहेको बताए । उनले प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताए ।
कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिए
काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । आजैका दिनबाट सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउन निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा बैठक स्थगित कायमै,जुटेन सहमति, अझै सुरु भएन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।
दूध किसानलाई भुक्तानी गर्न तत्काल रकम निकासा गर्दै अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी)लाई रकम भुक्तानी दिने भएको छ ।
रौतहटमा गोली चलाउँदै लुटपाट गर्ने भारतीय गिरोहका तीन जना पक्राउ
काठमाडौ । रौतहटमा गोली चलाउँदै लुटपाटमा संलग्न भारतीय गिरोहका तीन जना पक्राउ परेका छन् । परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनी ट्रान्सफरको कार्यालयमा गोली चलाएर लुटपाट गर्ने तीन जना पक्राउ परेका हुन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)