![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
भारतलाई ६ विकेटलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
माइतीघरमा निषेधाज्ञा लगाउने प्रशासनको तयारी
काठमाडौँ । आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको छ । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मंसिरबाट १५ दिनसम्म माइतिघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ ।
काठममाडौ नयाँबजारमा खुल्यो सेभेन ह्विल्स रेष्टुरेन्ट
काठमाडौँ । काठमाडौँको नयाँबजारमा सेभेन ह्विल्स रेष्टुरेन्ट खुलेको छ । ग्राहकहरुलाई फरक किसिमको वाताबरणमा फरक स्वादका खानाको सेवा दिने उदेश्यका साथ यो सेभेन ह्विल्स रेष्टुरेन्ट खोलिएको हो । आज मंसिर ३ गत्ते यस रेष्टुरे्न्टको उद्घाटन गरिएको हो ।
खरबारीमा आमा-छोराको शव फेला, श्रीमान पक्राउ
प्युठान । प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्। जिल्लाको नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेका हुन्।
चिनियाँ रेडक्रसकोे भूकम्प पीडितलाई एक करोड ३२ लाखको सहयोग
काठमाडौँ । जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ ।
इजरायली सेनाले आक्रमणको चेतावनी दिएपछि भागाभाग
गाजापटी । इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन् ।
चिसोले जाजरकोटमा थप ३ जनाको मृत्यु
जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
जनकपुरधामका छठ घाट छट पर्वको लागी बेहुलीझैँ सिँगारिए
जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।
रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै सीके राउत आक्रोशित
जनकपुरधाम । काठमाडौंको रानी पोखरीमा छठ पर्व मनाउन रोक लगाएकोमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आक्रोश पोखेका छन् ।
अत्यधिक चिसोले जाजरकोटका दुई भूकम्प प्रभावितको मृत्यु
सुर्खेत । अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)