![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटघाट
काठमाडौं - विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो ।
माओवादीसँग पार्टी एकता गर्ने नेसपाको सर्वसम्मत निर्णय
काठमाडौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नृपध्वज निरौला उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा
काठमाडौँ । उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ । उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रहेका निरौलालाई उच्च अदालत पाटनमा सरुवा गरिएको हो ।
टिकटक प्रतिबन्ध बिरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
युवासंघले निषेधाज्ञापछि प्रदर्शनस्थल गर्यो परिवर्तन
काठमाडौँ । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।
अस्थायी आवास निर्माणका लागि ५ जिल्लामा पहिलो किस्ताको रकम निकासा
४ मंसिर, काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ ।
वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।
माइतीघरदेखि बानेश्वरसम्म ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक, निषेधित क्षेत्र घोषणा,
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
दुर्गा प्रसाईँ र युवा संघलाई माइतीघरमा कार्यक्रम गर्न नदिने निर्णय
काठमाडौँ । मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)