इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो
काठमाडौँ । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिका नेपाललाई सहयोग गर्न तत्पर
काठमाडौं । जाजरकोटमा केन्द्रबिन्दु बनाइ शुक्रबार राति गएको भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गर्न सबैभन्दा बढी प्रदेश सरकारको अग्रसर : कुन प्रदेशको कति सहयोग ?
देशका ७ प्रदेश मध्ये ४ वटा प्रदेशले सो क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग रकमको घोषणा गरिसकेका छन् भने अन्य सरकारले पनि त्यसबारे निर्णय गर्ने बताएका छन् ।
इजरायलमा मारिएका आनन्द साहको शव धनुषा घरमा ल्याइयो
जनकपुरधाम । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।
रुकुम पश्चिमबाट काठमाडौं ल्याइएका दुई घाइतेको अवस्था गम्भीर
काठमाडौं । भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमका ७ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई शिक्षण अस्पताल ल्याइएको थियो । अस्पतालका आकस्मिक कक्षका चिकित्सक विशालराज भण्डारीका अनुसार दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
नेपाललाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा
काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
रुसी राष्ट्रपति पुटिनले गरे पत्र मार्फत भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो समवेदना प्रकट
काठमाडौ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रस्थान, एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा
पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
काठमाडौँ । सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रिय सभाकाअध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पीडितलाई दिने घोषणा
काठमाडौँ । राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।