ग्लोबल आईएमई र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता
ग्लोबल आईएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ ।
सरकार र शिक्षकहरूबीचको वार्ता शुरु
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ ।
सुनसरीमा नक्कली नोटसहित दुई पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । बिहिबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई इटहरी ६ बाट र सङ्खुवासभाकै मकालु नगरपालिका ६ का अजय राईलाई इटहरी ३ बाट विशेष सूचनाको आधारमा १ हजार दरको १५ सय ८७ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।
अपांगता भएका शिक्षक भन्छन् : हामी कमजोर छैनौँ, अधिकारका लागि लड्छौँ
बुधबारदेखि माइतीघर मण्डलाबाट सुरु गरेको शिक्षक आन्दोलन अझै जारी छ।
यू–१९ विश्वकप क्रिकेट : नेपालकाे पहिलाे खेल न्युजिल्यान्डसँग
आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्ने भएको छ ।
शिक्षा विधेयकको विरोध : सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ
केरामा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस–४ देखिएपछि सरकारले आयातमा कडाइ गरेको छ ।
शिक्षा विधेयकमा मैले मात्रै ७० भन्दा बढी संशोधन हाल्दैछु : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
८ लाख मूल्य बराबरको विद्युतीय उपकरण बरामद
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट प्रहरीले करिब सात लाख ८० हजार रुपैयाँ बराबरको विद्युतीय उपकरण बरामद गरेको छ । यात्रुबाहक बसको डिकीमा लुकाउर ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
विमानस्थल वरपर चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत जानकारी गराएको हो ।